पोखरिया माविमा भर्ना हुन ४ सय कोटामा १८ सयले दिए परीक्षा

विराटनगर । विराटनगरका केही सामुदायिक विद्यालयमा विद्यार्थीको घुईँचो लाग्ने गरेको छ। पोखरिया माध्यामिक बिद्यालयमा शनिवार प्रवेश परीक्षा थियो । आफ्ना बाल बालिकालाई भर्ना गराउन आउनेहरुको भिडको कारण कार्यालय आसपास अस्तब्यस्त देखिन्थ्यो ।

पोखरिया माध्यामिक विद्यालयमा भर्ना गराउनकोलागि आउनेहरुको संख्या हरेक बर्ष यस्तै नै हुन्छ । यस बर्ष पनि विद्यालयले भर्नाकोलागि प्रदेश परीक्षा आब्हान गरेको समय अबधिमा अत्यन्त धेरै अभिभावक आफ्ना छोरा छोरी च्यापेर पोखरिया माध्यामिक विद्यालयमा पुगेका थिए ।

विद्यालयमा पुग्नेहरुमा मोरङका मात्र थिएनन् सप्तरी, सिरहादेखि जनकपुरसम्मका थिए । यसरी विद्यालयमा पुग्नेहरुमा अधिकांश बोर्डिङ स्कुलबाट छुटाएर ल्याउनेहरु र नमुना भनेर कहलिएका सामुदायिक बिद्यालयहरु भित्रैबाट आउनेहरु धेरै देखिन्थे ।

गत बर्ष पनि आफ्नो छोरालाई पोखरिया माध्यामिक बिद्यालयमा भर्ना गर्न गाएका बुढिगंगा गाउँपालिका वडा नम्बर ४ का हिमबहादुर बस्नेत यो बर्ष पनि आफ्नो छोरालाई भर्ना गराउने ध्याउन्नमा देखिन्थे । गत बर्ष प्राबिधिक समस्याको कारण छोराको प्रवेश परीक्षामा नै नाम ननिस्किएपछि यो बर्ष भने जसरी पनि आफ्नो छोरालाई पोखरियामा नै भर्ना गराउन आएको उनले बताए ।

यो बर्षको प्रवेश परीक्षा शनिवारदेखि शुरु भएको छ । शनिवार पोखरिया माध्यामिक बिद्यालयले कक्षा ६, ७, ८ र ९ मा विद्यार्थीको प्रवेश परीक्षा लिएको छ । विद्यालयले प्रवेश परीक्षाबाट यी चार वटा कक्षामा करिब ४ सय विद्यार्थीलाई भर्ना लिने जनाएको भएपनि शनिवार मात्र १ हजार ८ सय ५३ जना विद्यार्थीले प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।

कक्षा ६ मा ४०७, कक्षा ७ मा ४५५, कक्षा ८ मा ५५१ र कक्षा ९ मा ४४० जना विद्यार्थीले आज प्रबेश परीक्षा दिएका छन् । हरेक कक्षामा १ सय जना विद्यार्थीको भर्नाको लागि आब्हान गरिएको विद्यालयका प्रअ भट्टराईले जानकारी दिए ।

उनका अनुसार कक्षा १ मा ४० जना, कक्षा २ मा ५० जनामा १०५ जनाले फर्म भरेका छन् । कक्षा ३ मा ५० जना भर्न गरिनेमा १५० जना, कक्षा ४ मा ५० जनाको ठाउँमा १६२ जना कक्षा ५ मा १०० जना विद्यार्थी भर्ना गर्न लागिएकोमा २५२ जनाले फर्म भरेको प्रअ भट्टराईले जानकारी दिए ।

कक्षा ९ को प्राबिधिक धार तर्फ ४८ जनाको सीट संख्यामा ११५ जनाले प्रवेश परीक्षाकोलागि फर्र्म भरेका छन् । कक्षा १ देखि ५ सम्म र कक्षा ९ को प्राबिधिक धार तर्फको प्रवेश परीक्षा आईतबार हुने जनाईएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *