सिंहदरबारको फोहर उठाउन आवश्यक पहल गर्ने मन्त्रिपरिषद्को निर्णय
मकालु खबर
२०७९ चैत २८ गते
काठमाडौँ । सरकारले सिंहदरबारको फोहर उठाउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले काठमाडौं उपत्यकाको फोहर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरवार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा त्यसलाई गम्भीरतापूर्वक लिने निर्णयसमेत गरेको छ ।
बैठकले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द आचार्यलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
मकालु खबर
२०७९ चैत २८ गते
प्रतिक्रिया
सम्बन्धित