एकाबिहानै पूर्वी नेपालमा भूकम्पको धक्का महसुस
मकालु खबर
२०७९ चैत २९ गते
काठमाडौँ । पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको बिहार राज्यस्थित पूर्णिया जिल्लाको बनमनखी बजार आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि नेपालमा पनि धक्का महसुस गरिएको हो ।
बिहान ५ बजेर ५० मिनेट जाँदा बनमनखी बजारबाट ८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
यसअघि हिजो साँझ गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४।१ रेक्टर स्केलको भूकम्प गएको हो ।
मकालु खबर
२०७९ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित