निक्षेपको ब्याजदर घटाएर एकल अंकमा राख्ने बैंकर्स संघको निर्णय
मकालु खबर
२०७९ चैत २९ गते
काठमाडौँ । नेपाल बैंकर्स संघले बैंकको ब्याजदर घटाएर एकल अंकमा राख्ने निर्णय गरेको छ । बुधबार बसेको संघको बैठकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो ।
अब वैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको हो।
बैठकले बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहने निर्णय गरेको छ । त्यस्तै बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ । ऋणको ब्याजदर भने गत माघको घटेको दरअनुसार समायोजन हुनेछ ।
बैंकहरूले गत माघमा ब्याजदर घटाएका थिए । १२.१३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए ।
मकालु खबर
२०७९ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित