बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइन : गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको दाबी गरेका छन् । मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर वृद्धिले मात्रै अर्थतन्त्रमा समस्या नभएको जस्तो गरी आइरहेका अभिव्यक्ति जस्तो अहिलेको अर्थतन्त्रका समस्या र अर्थतन्त्र चलायमान नहुनुमा ब्याजदर मात्रै नभएको दाबी गरेका हुन् ।

उनले मुलुकभित्र आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक नभएको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या आउनुमा बैंकको ब्याजदरबाहेक अन्य तत्वहरु पनि रहेको बताए । उनले उद्योगी व्यवसायीहरुले घोषित रुपमा आन्दोलन गरी व्यवसाय बन्द गर्दा आर्थिक गतिविधि चलायमानमा समस्या भएको बताए ।

गभर्नर अधिकारीले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औँला ठड्याएकोमा असन्तुष्टि व्यक्त गरे ।

उनले राष्ट्र बैंक देखाएर राष्ट्र बैंक माथि औला ठडाउदा खुसी लाग्ने भन्दै एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ सबैले मनन गर्नुपर्ने बताए । गभर्नर अधिकारीले योभन्दा अघि पनि कर्जाको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको बताए ।

उनले विगतमा १३ प्रतिशत ब्याजदर पुग्दा पनि आर्थिक क्रियाकलाप भइरहेकाले आम्दानी हुँदा बेवास्था गरिएको भन्दै अहिले आर्थिक क्रियाकलाप सुस्त भएकोले समस्या आएको बताए ।

गभर्नर अधिकारीको सम्बोधन उनकै शब्दमा
बैंकको ब्याजदर निर्धारणको सन्र्दभमा बजारमालाई छाडेका छौँ । कही भ्वाइस लेसहरुको लागि राष्ट्र बैंकको इन्टर्भेन्सन छ । वेसरेटमा बैंक तथा वित्तीय संस्थाहरुलाई २ प्रतिशत भन्दा बढी नलिन भनेका छौँ । लघुवित्तलाई १५ प्रतिशतभन्दा माथि ब्याज नलिनु भनेका छौँ । त्यसमा करिव ८ देखि १० खर्ब होला बाँकी अरु बजारले तय गर्ने हो । बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थाको आधारमा ब्याजदर निर्धरण गर्छन् । अर्थतन्त्रको स्थिति बैंकका तथ्याङ्क हेर्दा निकै सुधार देखिन्छ । मैले अहिले गर्वका साथ भनेको छु अर्थतन्त्रमा सुधार आएको छ । गत वर्ष हामी निकै अफ्ठ्रो अवस्था थियौं । हाम्रो निन्द्रा लाग्दैन थियो । १२.८ प्रतिशत भनेको जिडिपीको करेन्ट एकाउण्ट डेफिसिट नेगेटिभ कुनै मुलुकको छैन । त्यो समयमा पाकिस्तानको हेर्दा ४.४ प्रतिशत करेन्ट एकाउण्ट डेफिसिट छ । जुन मुलुकमा जहाँ अहिले तीन महिनाको आयात धान्न समस्या भएको छ ।

अहिले हामी त्यो अवस्थाबाट ब्याक भएर सहज अवस्थामा आयौँ । भोलिको लागि आधारसिला बनायो । हामीले चोहको वस्तुहरु खरिद र पुँजी लगानी गर्न पायौँ । अहिले अर्थतन्त्रमा भएको सुधारलाई सरकारले संरक्षण गर्नुपर्छ । यसलाई बचाएर लानुपर्छ अन्य क्षेत्रहरु समस्यामा छन् भने ती क्षेत्रलाई समावेश गर्दै यो वर्ष जति उपलब्धी भएको छ । त्यसलाई संरक्षण गरेर अघि बढ्नुपर्छ ।

अर्थतन्त्रमा अंकहरु सुधार भएका छन् तर जनताले अनुभव गर्न पाएको छैन । धेरै मानिसहरु अहिले पनि बैंकको ब्याज बढी भयो भनेर छट्पटिएको पाउँछौँ । बैंकको ब्याजदर बढेर मात्रै हो की अन्य व्यवसायिक गतिविधि हुन नसकेर हो । अर्थतन्त्रमा ठ्याक्कै बैंकको ब्याज मात्रै होइन । व्यवसाय नै ब्याज र ऋणको मात्रै होइन । व्यवसाय अन्य केही छ त्यसको लागि ऋण लिएको होला । त्यो व्यवसायका अन्य कुनै कस्ट अफ फण्डहरु होलान् । हामीले ती कुराहरुतिर हेरिरहेका छैनौं । हामीलाई देख्नुभएको छ। हामी तिरै औँला ठडाउनुभएको छ । हामीलाई खुशी लाग्छ । राष्ट्र बैंकप्रतिको आशा जगाएका छन् । तर एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ। यो विश्लेषण गरौँ । हिजो पनि १३ प्रतिशत पुगेको थियो त्यतिबेला आर्थिक क्रियाकलाप भइरहेका थिए। आम्दानी भइरहेको थियो त्यसले गर्दा बेवास्था गरेका थिए। अहिले आर्थिक क्रियाकलाप सुस्त भएको मात्रै समस्या आएको हो ।

म उदाहारण दिन्छु । एउटा खाल्डोमा भरी पानी थियो । त्यो सबै पानी फालियो । त्यसमा बिस्तारै भर्दै जाँदा जब भरिएर बाहिर पोखिन्छ तब मात्रै अरुलाई अनुभव हुन्छ । तरलतामा सुधार भयो तर त्यसको अनुभव व्यवसायीले गर्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *