अदालतबाट ‘क्लिन चिट’ ल्याएर फेरि पत्रकार सम्मेलन गर्छु : ढाकाकुमार
काठमाडौँ । व्यसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको टेलिफोन अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफू निर्दोश रहेको बताएका छन् ।
पार्टी कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी उनले यस्तो बताएका हुन् । उनले अफ्नो आवाज भन्दै प्रसारण गरिएको उक्त अडिओले आफ्नो मानहानी गरेको भन्दै उनले आफू अदालत गएको बताएका छन् ।
यसको निष्पक्ष छानविनका लागि अदालत गएको र अदालतबाट क्लिन चिट ल्याएर आफूले फेरि पत्रकार सम्मेलन गरी आफूलाई निर्दोष प्रमाणित गर्ने उनले बताका छन् ।
‘मसँग जोडिएको अडिओ जुन भाइरल भइरहेको छ, त्यसले मेरो पार्टीले अहिलेको उपनिर्वाचनमा परेको प्रभावप्रति म क्षमा प्रार्थी छु,’ उनले भने, ‘अहिले जसले जसरी पनि इडिट गरेर अडिओ बनाउन मिल्छ । मैले अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले इडिट गरेर बाहिर ल्याउन मिल्छ । त्यसै गरी मेरो अडिओ बाहिर ल्याइयो । त्यसप्रति म खेद प्रकट गर्दछु । मेरो पार्टीले मलाई सदस्यबाट समेत निलम्बन गरिसकेको छ । अदालतबाट क्लिन चिट ल्याएर फेरि पत्रकार सम्मेलन गर्छु । त्यतिन्जेल धैर्य गरिदिनुहोला ।’
उनले पार्टीलाई उपनिर्वाचनमा हराउन सुनियोजित तरिकाले उक्त अडिओ ल्याएको पनि बताए ।