रास्वपाले गर्यो ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज, सांसद पद पनि गयो
मकालु खबर
२०७९ चैत २९ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको बैठकपछि पार्टी सभापति रवि लामिछानेले जानकारी दिए ।
साधारण सदस्यता खारेज भएसँगै श्रेष्ठको सांसद पद पनि गएको छ। आइतबार मात्रै २ करोड घुस मागेको अडिओ सार्वजनिक भएपछि उनी कारबाहीमा परेका हुन्।
अब पार्टीको निर्णय संसद सचिवालयलाई जानकारी गराउने छ। सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराएपछि रास्वपाबाट उनको ठाउँमा नयाँ सामानुपातिक सांसद चुनिनेछन्।
मकालु खबर
२०७९ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित