सिराहा अस्पतालको जेनेरेटरमा आगो लाग्दा एक जनाको मृत्यू, विरामीको भागाभाग

जनकपुरधाम । सिरहा सदरमुकास्थित प्रादेशिक अस्पतालको जेनेरेटरमा आगो लागेपछि भएको भागदौडमा एक विरामीको मृत्यू भएको छ।

अस्पतालमा डायालाइसिस गराइरहेका विरामी सिरहाको बरियारपट्टी गाउँपालिका घर भएका ६५ वर्षीय प्रदीपकुमार दासको मृत्यू भएको हो । आगलगी भएपछि बाहिर भागेका विरामीमध्ये दासको मृत्यू भएको अस्पतालका सूचना अधिकारी अशोक सिंहले पुष्टि गरे ।

उनका अनुसार दासको अवस्था पहिलेदेखि नै सिकिस्त थियो । उनलाई अस्पताल रगत चढाइरहेकै बेला अस्पतालको जेनेरेटरमा विद्युत सर्ट भएर आगो लाग्यो ।

सो क्रममा बाहिर निस्किदा रगत चढाउने पाइपमा क्याब नलगाएकाले रक्तस्राव भएपछि उनको मृत्यू भएको छ । विरामी राखिएको ब्लक छेउमै राखिएको जेनेरेटरमा आगलगी भएको थियो ।

आगलगी भएपछि आकाशमा धुँवाको ठूलो मुस्लो देखिएपछि आसपासका मानिसहरुको भीड लागेको थियो ।

जेनेरेटरको आगो सिरहा नगरपालिकाको बारुणयन्त्रले नियन्त्रणमा लिएको छ। आगलगीबाट जेनेरेटर क्षतिग्रस्त बनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *