महासंघको वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास, सफल नभए ४ बजेपछि निर्वाचन
मकालु खबर
२०७९ चैत ३० गते
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यकारिणी समिति चयनका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि सहमतिको प्रयास भइरहेको छ ।
वरिष्ठ उपाध्यक्ष पदका ३ उम्मेदवार मध्ये कसैको पनि बहुमत नआएपछि सबै भन्दा कम मत ल्याउने उम्मेदवार रामचन्द्र सांघाई प्रक्रियाबाट बाहिरिएका थिए । त्यसपछि दुई उम्मेदवरा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोस्रो चरणमा निर्वाचन हुने भनिएको थियो । तर, उनीहरु दुई बीच सहमतिको प्रयास गर्न निर्वाचन कार्यक्रम सारिएको थियो ।
४ बजेअघिसम्म सहमति नभए त्यसपछि निर्वाचनमा जाने गरी तयारी गरिएको छ ।
मकालु खबर
२०७९ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित