प्रधानमन्त्री प्रचण्डद्वारा निर्माणाधीन फास्ट ट्रयाकको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधीन काठमाडौँ–निजगढ फास्ट ट्रयाक(द्रत मार्ग)को स्थलगत अवलोकन गरेका छन् ।

उनले महादेवटार र लेनडाडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजदमारको ट्रयाकको अवलोकन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय योजना आयोगका सदस्य, मुख्यसचिव, नेपाली सेनाका प्रमुख तथा सम्बन्धित मन्त्रालयका सचिवहरुले समेत उक्त फास्ट ट्रयाकको अवलोकन गरेका छन् ।

मकवानपुरको राजदमारमा प्रधानमन्त्रीको टोलीलाई बागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले स्वागत गरेका थिए ।

झण्डै एक दशकअघिदेखि निर्माण सुरु गरिएको उक्त फास्ट ट्रयाकको निर्माण कार्य कहिले सकिन्छ भन्ने अझै टंगो छैन । नेपाली सेनाले यो सडक निर्माण अघि बढाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *