झोलामा खेती गर्नेले अनुदान पाइरहेका छन् : सांसद चौधरी
मकालु खबर
२०८० वैशाख ५ गते
काठमाडौँ । प्रतिनिधि सभाका सांसद अरुणकुमार चौधरीले सरकारले कृषिमा दिने गरेको अनुदान बास्तविक किसानले नपाएको बताएका छन् । संसदको विशेष समयमा बोल्दै उनले झोलामा खेती गर्नेहरुले मात्रै अनुदान पाइरहेका बताए ।
‘सरकारले कृषिमा लगानी नगरेको होइन,’ उनले भने, ‘अनुदान पनि नदिएको होइन । तर के देखिएको छ भने झोलामा खेती गर्ने, कागजी प्रक्रिया पु¥याइहाल्ने तर यथार्थ र वास्तविक किसानहरु पाउनुपर्ने अनुदान पाएका छैनन् । सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, झोलामा खेती गर्ने प्रवृत्ति छ, त्यो रोकियोस् ।’
उनले झोलामा खेती गर्ने प्रवृत्तिलाई रोक्न सरकारको ध्यानाकर्षण गराए ।
मकालु खबर
२०८० वैशाख ५ गते
प्रतिक्रिया
सम्बन्धित