त्रिभुवन विमानस्थलमा बिहीबार १९ घण्टा उडान–अवतरण बन्द रहने

काठमाडौँ । त्रिभुवन विमानस्थलमा बिहीबार १९ घण्टा उडान–अवतरण बन्द रहने भएको छ । बिहीबार राती १ बजेदेखि ७ बजेसम्म उक्त विमानस्थलबाट हुने उडान अवतरण बन्द रहने भएको हो ।

आन्तरिक तथा बाह्य सबै उडान उक्त अवधिमा बन्द हुने भएको हो ।

विमानस्थलको विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउन अनलाइन यूपीएस जडान कार्यका लागि उडान अवतरण स्थगित गर्न लागिएको हो ।

उक्त समयमा उडान गर्नुपर्ने यात्राले आफ्नो वायु सेवा कम्पनीसँग सम्पर्क गर्न पनि विमानस्थल कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *