भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भन्दै ५ करोड ठग्ने गिरोहविरुद्ध १० जनाको उजुरी

काठमाडौँ । भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरुद्ध थप १० जना पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका अनुसार काठमाडौँका सन्देश शर्मा, सानु भण्डारी र केशव दुलालसमेतको गिरोहले २०७७ सालदेखि हालसम्म ती १० जना पीडितलाई अमेरिका लैजान्छौँ भनी उनीलाई ठगी गरेका छन् ।

ती १० पीडितबाट गिरोहका व्यक्तिले ५ करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जनाएका छन् ।

छुट्टाछुट्टै रुपमा परेका उक्त किटानी जाहेरी दरखास्त आवश्यक अनुसन्धान र कारावहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले जानकारी दिएका छन् ।

ठगीमा परेकाे भन्दै उजुरी दिने पीडितहरू कास्की, दाङ, माेरङ, रूकुमलगायत जिल्लाका रहेकाे उनले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *