सिंहदरबारको फोहर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश
मकालु खबर
२०८० वैशाख ८ गते
काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश दिएको हो ।
सिंहदरबारको फोहोर नउठाउने भनी काठमाडौँ महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए ।
त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
यस्ताे छ आदेशकाे पूर्णपाठ
मकालु खबर
२०८० वैशाख ८ गते
प्रतिक्रिया
सम्बन्धित