निर्वाचन आयोगले सोध्यो मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई २४ घण्टे स्पष्टीकरण
मकालु खबर
२०८० वैशाख १० गते
धनुषा । निर्वाचन आयोगको कार्यालयले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले यादवलाई उपनिर्वाचनका बेला अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
बारा क्षेत्र- २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचन भइरहेका बेला मुख्यमन्त्री सरोज यादव पचरौता नगरपालिका गएका थिए ।
आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत हुने गरी उनलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानुभएको हो ? भनी यादवलाई स्पष्टीकरण सोधेको छ ।
यस्तो छ, आयोगले सोधेको स्पष्टीकरण:
मकालु खबर
२०८० वैशाख १० गते
प्रतिक्रिया
सम्बन्धित