नयाँ किरण माविमा पनि मतदान पुनः सुचारु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत चितवन २ को नयाँ किरण माविमा स्थगित भएको मतदान पुन सुचारु भएकाे छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आचार संहिता उलंघन गरेको स्वीकार गरेर माफी मागेपछि मतदान पुनः सुरु गर्ने सहमति भएको हो ।

विहान ७ बजेदेखि सुरु भएको मतदान कार्यक्रम झण्डै साढे २ घण्टा रोकिएपछि पछि त्यहाँ पुनः मतदान सुरु भएकाे  हो ।

मतदान स्थल अवलोकनका क्रममा उक्त केन्द्रमा पुगेका रवि लामिछानेको समर्थनमा समर्थकले नारा लगाएपछि विपक्षी दलका प्रतिनिधिले हुलहुज्जत गरेका थिए । त्यसपछि मतदान रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *