इटहरी र धरानको सीमा विवाद : मेयर हर्क राईले गाडेको ‘बोर्ड’ युवा संघले हटायो

विराटनगर । सुनसरीका दुई उपमहानगरपालिका बिचको सीमा विवाद सुरु भएको छ । इटहरी र धरानको सीमा विवाद सुरु भएको हो । धरानका मेयर हर्कराज राईले सीमाना तरहरासम्म रहेको बोर्ड राखेपछि विवाद सुरु भएको हो ।

धरान उपमहानगरपालिकाले इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको पानीपियामा सीमा प्रारम्भ लेखिएको बोर्ड राखेको थियो । सेउती खोलासम्म र धरानको सीमाना पनि त्यही सेउती खोलाले निर्धारण गर्ने स्थानीय बताउँछन् ।

इटहरी र धरानको सीमानाको विषयलाई लिएर धरान उपमहानगरपालिकाले जंगल क्षेत्र सबै आफ्नो दाबी गरेपछि त्यस बारेमा विवाद सुरु भएको हो । धरानले सीमा प्रारम्भ भनेर लेखिएको बोर्ड लेखिदिएपछि युवा संघ नेपालले त्यो उखेलेर फालिदिएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहराको पानीपियामा राखेको ‘सीमा प्रारम्भ’ को बोर्ड युवा संघ इटहरीले उखेलेर फालिदिएको हो ।

आइतबारसाँझ धरान उपमहानगरपालिकाले सीमा प्रारम्भ भनेर गाडेको बोर्ड एमाले सम्बद्ध युवा संघमा आबद्ध युवाहरूले मध्यरातमा उखेलेर इटहरी उपमहानगरपालिकाको परिसरमा ल्याएर जिम्मा लगाएका हुन् । युवा संघका कमलजंग क्षेत्रीले जनप्रतिनिधिहरूबीच बसेर छलफल गर्नुपर्ने विषयमा विवाद निकाल्ने काम भएको बताए । धरानले एकलौटी ढंगले बोर्ड राखेपछि त्यसको विरोध गर्नु परेको उनको भनाई छ ।

धरान उपमहानगरपालिकाले दाबी गरेको क्षेत्र इटहरी उपमहानगरपालिका वडा नम्बर २० मा पर्छ । इटहरी र धरान छुट्टाउने सीमानाबारे भने यसअघि पनि विवाद रहेको थियो । विवादका बिच सेउती पुलले नै दुवै स्थानीय तहको सीमाना निर्धारण गरेको भनेर दुवै पालिकाले मान्दै आएका थिए । पछिल्लो समय धरान उपमहानगरपालिकाले फेरी विवाद सिर्जना गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *