वर्षा र सहकालका देवता रातो मत्येस्न्द्रनाथको रथ यात्रा सुरु (तस्बिरहरू)

काठमाडौँ । वर्षा र सहकालका देवता मानिने रातो मत्येन्द्रनाथ (रातो मच्छिन्द्रनाथ) को रथ तानिएको छ ।

गुरुज्युको पल्टनले विगुल बजाएर हर्षबढाई गरी रथ तान्न शुरु गरिएको हो । आज ललितपुरको पुल्चोकबाट मंगलबजारको गाःबहालसम्म रथ तानिएको छ ।

पुल्चोकमा रथारोहण गराएपछि शुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा तीन दिन अघिबाटै शुरु भए पनि आजबाट रथ तानिएको हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । जात्रा ललितपुरका नेवार समुदायले एक महिना भर मनाउँछन् । यस जात्राको सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद् बताउँछन् ।

पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको यस जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरू भई असारशुक्ल चौथीमा समाप्त हुन्छ ।

तस्बिरहरू

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *