रविले भने– सरकारलाई दिइएकाे समर्थन कायम राख्नुपर्ने कारण देखिएको छैन
मकालु खबर
२०८० वैशाख १२ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रवि लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नदेखेको बताएका छन् ।
जित सुनिश्चित भएपछि चितवनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै लामिछानेले यस्तो बताएका हुन् ।
‘हामी सरकारमा जे कारणले सामाल भएका थियौँ र समर्थन दिएका थियौँ, त्यो एजेन्डा नै सरकारले आफ्नो कार्यक्रमबाट हटाएपछि सरकारको समर्थन कायम राख्नुपर्ने औचित्य देखिएको छैन,’ उनले भने, ‘हामीले कुनै पनि कालखण्डका भ्रष्टाचारको छानविन गर्ने भनेका थियौँ । तर, त्यो कार्यक्रम अहिले हटेको छ ।’
पार्टीमा र सरकारसँग छलफल गरेर सरकारको समर्थनबारे निर्णय लिने पनि उनले बताए ।
उनले आफूलाई मतदाताले दिएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धता पनि जनाएका छन् ।
मकालु खबर
२०८० वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित