गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डेको दाबी पेस
२०८० वैशाख १४ गते
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दाबी पेस गरेका छन् । माओवादी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३५ जनाको समर्थन लिएर उनले मुख्यमन्त्री दाबी गरेका हुन् ।
गण्डकीमा कांग्रेसको २७, माओवादीको ७ ९सभामुख बाहेक० र स्वतन्त्र १ सांसद छन् । एमालेसँग २२ र राप्रपासँग २ मत छ । यसअघि पुस २५ गते एमालेका खगराज अधिकारी माओवादी र राप्रपा समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
पुस २९ मा उनले सांसदबाट विश्वासको मत पाएपनि चैत १० गते माओवादीले समर्थन झिकेको थियो । बैशाख ९ गते विश्वासको मतका लागि राखेको उनको प्रस्ताव बहुमतले अस्वीकृत गरिदियो र अधिकारी सरकार ढल्यो ।
२०८० वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित