बाजुरामा पाँच दिनमा तेस्रो भूकम्प

काठमाडौँ । नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *