बिदाको दिन रक्सी खाँदै थिए हवलदार, इन्स्पेक्टर कार्यालय बोलाएर पिटे

काठमाडौँ । डोल्पामा एक प्रहरी हवलदार कुटिएका छन् । कारागारमा कार्यरत हवलदार हरि आरसी जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईँबाट कुटिएका हुन् ।

यो घटना शनिबारको हो । बिदामा रहेका हवलदार आरसी साथीहरूसँग रक्सी खाँदै थिए । त्यही बोला इन्स्पेक्टर चापागाईँले कार्यालय बोलाएर हात चलाएको बुझिएको छ । ‘म साथीहरूसँग बसिरहेको थिएँ,’ कुटिएका हवलदारले भनेका छन्, ‘त्यही बेला एकजना असईले तपाईँलाई इन्स्पेक्टरले बोलाउनु भएको छ भने, म प्रहरी कार्यालय गएँ। एकाएक इन्स्पेक्टरसाबले कुट्नुभयो । मैले माफी मागे पनि उहाँले कुट्नुभयो ।’

सल्यानको शिद्धकुमाख गाउँपालिका ३ स्थायी घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल डोल्पामा सामान्य उपचार गरिएको छ । थप उपचारका लागि उनी बाँकेको नेपालगन्ज जाने तयारीमा छन् ।

उनले आफूले गल्ती नै गरेको भएपनि सांगठानिक कारबाही गर्नुको साटो कुटिएको गुनासो गरे । घटनाबारे इन्स्पेक्टर चापागाईँले कुनै प्रतिक्रिया दिएका छैनन् । तर जिल्ला प्रहरी कार्यालयले घटनाबारे बुझिरहेको बताएको छ । घटना घटेको बेला आफू कार्यालय बाहिर रहेको र यसबारे अनुसन्धान भइरहेको का प्रमुख, प्रहरी नायब उपरीक्षक बुढाथोकीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *