नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण
मकालु खबर
२०८० वैशाख २१ गते
काठमाडौँ । नेपाली कांग्रेसबाट बुधबार नियुक्त भएका ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
बिहीबार दिउँसो उनीहरुले शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शपथ लिएका हुन् ।
तीनै जना मन्त्रीले आजै जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
मकालु खबर
२०८० वैशाख २१ गते
प्रतिक्रिया
सम्बन्धित