जग्गा विवादमा मध्य भारतमा एकै परिवारका ६ जनाको गोली हानी हत्या

एजेन्सी । जग्गा विवादमा मध्य भारतमा एकै परिवारका ६ जनाको गोली हानी हत्या भएको छ । मुरैना क्षेत्रमा दुई परिवारबीच भएको विवादमा एकै घरका कम्तीमा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन् ।

उक्त घटना पूरै भिडियोमा कैद गरिएको छ । भिडियाेमा एक व्यक्तिले उनीहरूमाथि गोली चलाउन सुरु गर्नुअघि केही मानिसले काठका चिर्पटले अरू हिर्काएर गम्भीर घाइते बनाएकाे देखिएकाे छ ।

मध्यप्रदेशको मोरेना जिल्लाको लेपा गाउँमा पुरानो जग्गा विवादलाई लिएर झडप भएको हो ।

लेपा गाउँमा भएको भयानक घटनामा तीन महिला र तीन पुरुषसहित छ जनाको मृत्यु भएको छ भने दुई पुरुष गम्भीर घाइते भएका छन् र उनको ग्वालियरको अस्पतालमा उपचार भइरहेको छ ।

शवलाई जिल्ला अस्पतालमा राखेर पोस्टमार्टम गरिने भएको छ । उक्त घटनापछि गाउँमा थप बलसहित प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *