चिनियाँ पर्यटक आकर्षित गर्न पोखरामा ड्रागन डुंगा दौड

पोखरा । पोखरामा आउँदो असार ८ र ९ गते ‘ड्रागन डुंगा दौड’ प्रतियोगिता हुने भएको छ । चिनियाँ पर्यटकको आकर्षण बढाउनका लागि फेवातालमा नेपाल-चीन मैत्री डुंगा दौड हुन लागेको हो ।

प्रतियोगिताका लागि पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनियाँ दूतावासबीच लिखित सम्झौता भएको छ । दक्षिण एसियामै पहिलो पटक पोखरामा नेपाल-चीन फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुन लागेको मेयर धनराज आचार्यले जानकारी दिए । फेस्टिभलपछि करोडौं मूल्यका ८ थान डुंगाहरू चिनियाँ पक्षको तर्फबाट पोखरा महानगरलाई हस्तान्तरण गरिने समझदारी छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कार्यकारी सदस्य मदन आचार्यको उपस्थितिमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र चिनियाँ दूतावासबाट नियोगका उपप्रमुख वाङ जिनले हस्ताक्षर गरेका हुन् ।

प्रतियोगिताका लागि चीनबाट ८ वटा डुंगा ल्याइने भएको छ । प्रतियोगितामा चीन र नेपालका सबै प्रदेशहरूबाट सहभागी हुने र दौड अघि आवश्यक तालिम लिनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *