टुकुचाको जग्गा व्यक्ति विशेषको रहन सक्दैन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बारेन्द्र शाह (बालेन)ले उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको बताएका छन् । उनले फेसबुकमार्फत फैसलाको पूर्ण पाठले टुकुचा ढल होइन खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको बताएका हुन् ।

अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको जग्गाको महानगरवासीको सर्वोत्तम हित हुनेगरी सार्वजनिक प्रयोजनमा ल्याउनेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउने उनले बताए । कुनै पनि नदी वा खोलाको बहाव क्षेत्र, सोको दायाँबायाँ वा माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको मेयर शाहको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *