प्रधानमन्त्रीलाई क्यान्टनमेन्ट घोटालाकाण्डको फाइल खोल्न लिङदेनको चुनौती

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलेले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन् । आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताए । उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए । उनले वाइडबडी काण्ड, ललिता निवास, एनसेल र क्यान्टनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्,’ उनले भने, ‘अहिले केही मानिसहरु पक्राउ परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरुको नामहरु आइराखेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानविनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडि बढेको छ ।’

विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु नहुने उनले बताए ।
‘यो देखाउनका लागि मात्रै हुनु हुँदैन ,’ उनले भने, ‘यदी पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडी बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ ।’

उनले भने, ‘यो मात्रै होइन फेरि पनि भन्छु अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुप¥यो । ललिता निवास जग्गा प्रकरणको फाइल खोल्नुप¥यो । प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टनमेन्टको घोटालाकाण्ड उनकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उनले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो । तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइदैन यो कुरालाई ।’

अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भए पनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए । उनले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गरे । उनले सरकारको आगामी यात्रा पनि स्पष्ट नभएको बताए ।

‘देश कुनैपनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ,’ उनले भने, ‘ अहिले राजश्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको अवस्था छैन । राजश्वले कर्मचारीलाई तलव खुवाउन पनि पुग्ने अवस्था छैन । ऋण काडेर अहिले कर्मचारीलाई तलव खुवाउनु परेको अवस्था छ । ८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ । यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरु छैन । सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा छ । आगामी यात्रा सरकारको के हो भन्नेकुरा कसैले पनि बुझ्न सकिँदैन । आर्थिक अवस्था दिनदिनै ओरालो लागेको अवस्था छ ।’

अध्यक्ष लिङदेनले देशमा नाङ्गो रुपले विदेशी हस्तक्षेप बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *