नक्कली भुटानी शरणार्थी प्रकरण : संसदमा चल्याे जुहारी (तस्बिरसहित)

काठमाडौँ । आइतबारबाट प्रतिनिधि सभा सदंसको बजेट (बर्खे) अधिवेशन सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गरेअनुसार आजबाट संसदको बजेट अधिवेशन सुरु भएको हो । तर, संसदको अधिवेशनमा सरकारका आगामी आर्थिक वर्षका लागि ल्याइने नीति तथा कार्यक्रम र बजेटबारेभन्दा भ्रष्टाचारबारे छलफलले सदन तात्तिएको छ ।

सभामुख देवराज घिमिरेले औपचारिक रुपमा दोस्रो अधिवेशनको बैठक सुरु गर्न नपाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु जर्याकजुरुक उठे । त्यस्तै नेमकिपाका सांसद प्रेम सुवाललगायत उठे । सभामुखको अनेक आग्रहपछि उनीहरु बसे र बैठक सुरु भयो । बैठकको सुरु मै उनीहरुलाई आकस्मिक समयमा विषय राख्ने समय सभामुखले दिए ।

त्यसपछि नेकपाका सांसद प्रेम सुवाल, एमाले सांसद मदम गिरी, महेश बर्तौला, रघुजी पन्तलगायतले नक्कली भुटानी शरणार्थीका विषयमा छानविन सुरु गरेको सरकारले अन्य भ्रष्टाचारका काण्डबारे पनि छानविन गर्नुपर्ने बताए । उनीहरुले प्रधानमन्त्री प्रचण्डको भनाइ अनुसार नै आफ्हरु भ्रष्टाचारीलाई छानविन गरेको फिलिम हेर्न चाहेको बताए । उनीहरुले खास गरी प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जोडिएको लडाकु शिविरको भ्रष्टाचारको काण्ड छानविन गर्न प्रधानमन्त्रीलाई चुनौती दिएका थिए ।

त्यसपछि सत्ता पक्ष दल नेपाली कांग्रेसका आरजु देउवा, रामहरी खतिवडा, माओवादी केन्द्रका सांसदहरुले पनि एमालेलगायत दल जोडिडएको भ्रष्टाचारलगायत सबै काण्डको छानविन गर्नुपर्ने बताए ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *