५ सय र हजार दरका नोट प्रतिबन्ध गर्न सांसदको माग

काठमाडाैँ । राष्ट्रिय सभा सदस्य कमला पन्तले ५ सय र हजारका नोटलाई ब्याण्ड गर्नुपर्ने माग गरेकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्द उनले यस्तो माग गरेकी हुन् ।

उनले अर्थतन्त्र उकास्न पाँच सय र हजारका नोटहरु प्रतिवन्ध लगाउनुपर्ने बताए । उनले सधैँभर बिरालो बाँधेर श्राद्ध गर्नेतिर जानु नहुने भन्दै सरकारले गर्नसक्ने काममात्रै उल्लेख गर्न आग्रह गरिन् । उनले किसानको उत्पादन राज्यले किन्छ भन्ने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताइन् ।

‘बोरामा बाँधेका पैसालाई ५ सय र हजारका नोटलाई ब्याण्ड गराँै,’ उनले भनिन्, ‘यदी हामीले समस्या बुझेका छौँ र सकिन्छ र हिम्मत छ भने यत्ति गर्नसके पलायन हुँदै गएको अर्थतन्त्रबाट बच्न सक्छौँ ।’

सदस्य पन्तले मौद्रिक नीतिको समीक्षा गर्दा राष्ट्र बैंकले सधैँ नकारात्मक मात्रै किन गर्छ भन्ने कुराको खोजी गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *