जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ : विमला राई पौड्याल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकि छिन् ।

सरकारले प्रश्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा छलफलमा सहभागी हुँदै सोमवार उनले यस्तो माग गरेकि हुन् । उनले नेपालमा पर्याप्त जनशक्ति रहेको र त्यसको सही उपयोग गर्न आवश्यक रहेको बताइन ।

उनले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय चाहिने बताइन् । तत्काल मन्त्रालय बनाउन नसके स्वास्थ्य मन्त्रालयको छुट्टै विभागका रुपमा भनेपनि स्थान दिनुपर्ने आवश्यक्ता रहेको उनले बताइन् ।

उनले भनिन् ‘भर्खरै हाम्रो जनसंख्याको तथ्यांक आएको छ, यसले पनि देखाएका छ, हामी बारम्बार भनिरहेका छौँ, हामीसँग जनशक्ति छ, त्यसको उपयोग गर्नुपर्छ । जनशक्तिको उपयोग गर्न छुट्टै मन्त्रालय चाहिन्छ, अहिले मन्त्रालय नै राख्न सकिँदैन भने स्वास्थ्य मन्त्रालयको सानो डेस्क बनाएर विभाग बनाएर जनसंख्याको काम हुँदैन । यत्ति धेरै हामीसँग जनशक्ति छ, अहिले काम खोज्नेलाई काम छैन, कामदार खोज्नेलाई कामदार छैन । के मिलिरहेको छैन । हामीलाई केमा कस्तो स्किल भएका व्यक्ति चाहन्छि, कहाँ काम छ, यसको लागि ठूलो लेखाजोखा गर्न जरुरी छ । जनशक्तिको भरणपोषण गर्ने मन्त्रालयको जरुरी छ ।’

उनले जलवायु परिवर्तनको प्रकोपलाई रोक्न पूँजी वृद्धि गर्न जरुरी रहेको बताइन् । इन्धनको आयातका कारण बजेट घाटा भएको भन्दै विद्युतीय उर्जाको बढी प्रयोग गर्ने कुरामा बजेटमा प्राथमिकता हुनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *