नक्कली शरणार्थी प्रकरणका दोषीविरुद्ध उभिनुस्, प्रतिपक्षीविरुद्ध होइन : अध्यक्ष ओली
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिनु चुनौती दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागि परेकै कारण आफूले उहाँसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटून’ भनेर भन्नु परेको दाबीसमेत गरे । प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानवीन गरी दोषीमाथि कारबाही गर्न दवाव दिनु परेको बताए । सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि बताए । उनले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दवाव दिएजसरी सञ्चार माध्याममा बोलेको दोहोर्याउँदै हिरोइजमको देखाउन खोजेको भन्दै त्यस्तो प्रयास नगर्न समेत चेतावनी दिए । अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटकपटक दोहो¥याए ।
यस्तो छ ओलीको सम्बोधन
भ्रष्टहरु नछुटून भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ । प्रधानमन्त्रीलाई मैले त्यसो भन्नुको अर्थ छ । किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनाआवश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ । त्यसकारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु–निर्दोषलाई फसाउने कोशिस नहोस् । कोही पनि भ्रष्टाचार नउम्किउन । प्रधानमन्त्रीले मसँगको भेटपछि बाहिर निस्केर मानिलिउँ पुष्पकमल दाहाललाई नेपाली जनताले चिनेकै छैन जसरी दुधले नुहाएको सेतो अवतारका साथ उहाँ मिडियामा निस्कनु भयो । पवित्र अवतार, चोखो अवतार । त्यसरुपमा निस्केर भ्रष्टलाई छोडदिन, दवावमा पर्दिन । के मलाई उहाँले दवाव दिनका लागि बोलाउनु भएको हो ? मैले उहाँलाई दवाव दिएको थिए र ? उहाँले कुनै दवाव दिएको छैन भन्नु पर्छ नि । सही कुरा बोल्नु पर्दैन । मैले दवाव दिएजसरी उहाँ मिडियामा बोल्नु भयो । मैले गएर उहाँलाई मान्छे छुटाउन दवाव दिए, दोषीलाई छुटाउन दवाव दिए भनेजस्तो हिसावले धाक लगाउने भयो मानौं कि नेपाली जनताले प्रचण्डलाई चिनेकै छैनन् । कसैको दवाव मान्छु र मे । के भनेको त्यो ? उहाँले त्यसपछि कार्यकर्तामाझ गएर दुवोको माला लगाएर भन्नु भयो, यो त टेलर मात्रै हो, फिल्म आउन बाँकि छ । म प्रचण्डजीलाई सोध्न चाहन्छु–तपाईको सिनेमा हलमा फिल्म कहिले लाग्छ ? अन्त त धुमधाम भई सक्यो त ? सबैतिर चलेको छ सिनेमा । तपाईको हलमा कहिले लाग्छ ? हामी हेर्न चाहन्छौं त्यो सिनेमा । सबै टेलर मात्रै किन प्रचण्डजी । तपाई हल किन रित्तै, ताला लागेको छ । सञ्चार माध्याममा फिल्म आईराख्या छ । किन चुप हुुनुहुन्छ ? मलाई बोलाएर भेटने अनि यो त टेलर मात्रै हो, फिल्म देखाईदिन्छु भन्ने । देखाउनुस्त फिल्म ? अहिले मेरो संवैधानिक परिषद बैठकमा उहाँसँग भेट हुँदैछ । म आज पनि उहाँलाई सोध्नेवाला छु–फिल्म कहिले सुरु हुन्छ ? कसैको बारेमा उहाँ किन चूसम्म बोलिराख्नु भएको छैन ? कसैको बारेमा उहाँ किन निकै चम्केर अगाडि बढिरहनु भएको छ ? अहिले म भनि हाल्दिन । ककसलाई फसाऊ भन्ने उहाँको निर्देशन छ ? कसकसलाई उम्काऊ भन्ने निर्देशन छ । त्यसबारेमा म पछि कुरा गरौंला । तर प्रधानमन्त्री भएर यस प्रकारको खेल चल्दैन प्रचण्डजी । र, प्रधानमन्त्रीले यस्ता भ्रष्टाचारको काण्डहरुको छानविन दृढताका साथ गराउनु पर्छ । हिरोईज्मको व्यापार गर्ने होइन । उहाँ हिरोइज्मको व्यापार गरिराख्नु भएको छ । वा, दुवोको माला लगाएर हिरो । त्यसकारण यो व्यापार गर्ने होइन । स्टन्टबाजी गर्ने होइन प्रधानमन्त्रीजी । छानवीन गरेर दोषीमाथि कारबाही गर्नु प¥यो । अनि, प्रतिपक्षको विरुद्ध होइन । दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस त ? म प्रधानमन्त्रीलाई चुनौति दिएर भन्छु–दोषीको विरुद्ध उभिने हिम्मत देखाउनुस । प्रतिपक्षका विरुद्ध होइन । म तपाईहरुलाई आश्वास्त पार्न चाहन्छु–हाम्रो पार्टी कसैको दोष, अपराधको ढाकछोप गर्दैन । र, कोही पनि दोषीलाई बचाउने काम गर्दैन ।
एउटा हल्ला चलेको छ अहिले । अव यो पुरानो पार्टी सक्किए भनेको खासगरी एमालेलाई टार्गेट गर्न खोजिएको हो । बुर्जुवामा पुरानो, नयाँको केही पनि अर्थ छैन । पुराना हुन कि नयाँ आउन कि के मतलव ? बुर्जुवा आईडोलोजी इज बुर्जुवा आईडोलोजी । जे सुकै बजाएर, जेसुकै बोकेर आओस्न । केही फरक पर्दैन । तर नयाँ चिज के हो भने परिवर्तनकारी विचार मात्रै नयाँ विचार हो । कार्लमाक्सले भनेको जति नयाँ फिलोसोफी । कतिले पछि फिलोसोफीको नाममा बनाए होलान तर कार्ल माक्र्सले अगाडि सारेको माक्सिजम सबभन्दा नयाँ, सबैभन्दा नयाँ दर्शन भनेको माक्र्सवादी दर्जन । त्यो भन्दा नयाँ दर्शन अर्को कुनै पनि छैन । नेपालमा सबभन्दा नयाँ पार्टी भनेको, सबभन्दा पूरानो पार्टी पनि यही पार्टी हो एमाले । र, सबभन्दा नयाँ पार्टी पनि यही हो । अहिले ४ महिना, ६ महिना, १० महिना अगाडि खोले पनि बुढो विचार बोकेर खोलेको पार्टी नयाँ कसरी हुन्छ ? त्यसकारण त्यो नयाँ हुँदैन । नयाँ के छ भन्दा परिवर्तनको, यस समाजलाई यस ठाउँबाट नयाँ उचाईमा पु¥याउने, नयाँ परिवर्तनमा पु¥याउने त्यो कुरा चाँही नयाँ हो । नेकपा एमाले सबैभन्दा नयाँ पार्टी हो । र, अहिले युवाहरुको बीचमा सबभन्दा नविन विचार बोकेको, सबभन्दा नयाँ युवा संघ, अहिले कसैले बनाउला । भोलीपर्सी पनि बनाउला । यो चाँही नयाँ भन्ला, होइन । नयाँ बोतलमा पुरानै रक्सी के भन्छ नि । यी बोत्तल जुनसुकै कलरका जे सुकै होऊन । बोत्तल नयाँ होला । रक्सी उही हो । उही रक्सी बोकेर हिँड्या छ । जेसुकै चिन्ह बोकून । अव देश बनाउने भिजनविना, कहाँ पुग्ने भन्ने भिजनविना, समृद्धि नेपालः सुखी नेपालीजस्तो क्लिएर भिजनविना हामी अगाडि बढन सक्दैनौं । त्यो भएर हामीले बुझनु पर्दछ कि यो कुनै पनि नयाँ चिज भनेको आएको केही नयाँ होइन । यस्ता हुइमहरु कहिलेकहिले आउँछन् । त्यस्ता हुइम हामीले देखेका छौं । एक पटक २४० सिटमध्ये १२० सिट माओवादीले ल्यायो । अव माओवादीले खायो भनेर दुनियाँ कराए । मैले भने–कहिलेकहिले यस्तो हुन्छ । एउटा भाँडामा दुई माना दुध राखेर बेस्सरी आगो लगाई दियो भने त्यो आगोको रापतापले भरी भएर पनि पोखिन्छ । त्यो त्यत्रो भरि दुध हुँदै होइन । दुइ माना हो । पोखिएपछि एक माना बाँकि रह्यो होला । त्यसकारण यो टेम्प्रोररी फेनोमेना यस्तो कुराहरुलाई परमानेन्ट ठान्नु हुन्न । अर्को मैले भने छोटो आयु भएको अल्पायु चिजहरु छिटो हलक्क बढछ । एउटा पिपलको विरुवा रोपदिनुस । छोडदिनुस । त्यसको छेउमा एउटा तितेपानी उम्रिन्छ । त्यो ३ महिनामा पीपलको एउटा पनि टुँसो पनि हालेको हुँदैन । तीन महिनामा तितेपानी ८ फिटको भएर उधुम झाँगिएर उधुम मच्चाउँछ । गयोगयो पीपल सिद्धियो, तितेपानीको जमाना आयो, हेर बढेको । यो सालको रुखभन्दा ठूलो हुन्छ । यो पिपलभन्दा ठूलो हुन्छ भनेर कराउनेहरु कराउँदै गर्छन् । तर आयु पिपलको हजार वर्ष हुन्छ । उसको चार महिना म्याक्सिम हुन्छ । ३ महिनामा पिपल तल फेदमा हराई राखेको हुन्छ । चार महिनामा हेर्दा पिपलको पातको छेउमा त्यो तितेपानी ढलेको हुन्छ । तितेपातीले हिउँद देख्यो भने वर्षा देख्दैन । वर्षा देख्यो भने सरद देख्दैन । सरद देख्यो भने शिशिर देख्दैन । शिशिर देख्यो भने बसन्त देख्दैन । नेकपा एमाले हिउँद, वर्षा, आँधी, तुफान, भूकम्प आदिइत्यादि सबै देखेको छ ।