लाेकसेवा आयाेगले लिएकाे आवेदनकाे डाटा हराएकाेप्रति सांसदकाे आपत्ति

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद निशा डाँगीले लाेकसेवा आयाेगले लिएकाे आवेदनकाे डाटा हराएकाे घटनाप्रति आपत्ति जनाएकी छन् । प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै उनले यस्ताे आपत्ति जनाएकी हुन् ।

‘२०७९ सालकाे मंसिर, पुस र माघ महिनामा लोकसेवा आयोगमा दरखास्त दिएका झन्डै चार लाख आवेदकको तथ्याङ्क (डाटा) हराएको छ,’ उनले भनिन्, ‘डाटा पुनः प्राप्तिको प्रयास गरेको दुई महिनाभन्दा बढी भइसक्दा पनि डाटा रिकभर नभएपछि लाजमर्दाे तरिकाले आयाेगले पुनः दरखास्त आह्वान गरेको छ । २१ औँ शताब्दीमा विश्वमा प्रविधिले यस्तो फट्को मारिरहँदा हाम्रो सरकारले चार लाख आबेदकको डाटा सुरक्षित राख्न सकिरहेको छैन । सभामुख महाेदय, किन हाम्रो सरकार सँग व्याकअप सिस्टम छैन ?’

उनले लोकसेवा आयोग जस्तो जिम्मेवार निकायले डाटा सुरक्षित नराख्नु, आफू सँग भएको डाटा व्याकअप पनि नहुनु ? आन्तिममा आएर पुन फारम भर्न लगाउने, कतिसम्मको लापरबाही हो यो ? भन्दै प्रश्न गरिन् ।

‘नेपालका अधिकांश युवाहरू बिदेशीएका छन्, खाडिमा रगत पसिना बगाउन बाध्य छन्,’ उनले भनिन्, ‘केहीले स्वदेशमै भविष्य खोजिरहेकाहरूलाई प्राेत्साहन गर्नुकाे सट्टा सरकारले उल्टै निरुत्साहन गरिरहेकाे छ । यसरी युवाहरुकाे भविष्य सँग खेलबाड नगर्न र डाटा रिकभर हुदैन भने जिम्मेवार निकायमा बसेकालाई कारबाही गर्न सभामुख मार्फत सम्बन्धि निकायकाे ध्यानाकर्षण गर्न चाहन्छु र साथै पटक पटक परीक्षा ताेकिने र सरिरहने समस्या अन्त्य गर्न पनि सरकारकाे ध्यानाकर्षण गराउँदछु ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *