टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा
मकालु खबर
२०८० वैशाख २६ गते
काठमाडौँ । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौँ र ललितपुरको प्रहरी टोलीले छापामारी गरेको हो ।
काठमाडौँ जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको छ । तर, २० वैशाख देखि उनी गायब भएका छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको छ ।
रायमाझीलाई पनि उक्त प्रकरणमै अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्न खोजेको हो ।
मकालु खबर
२०८० वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित