आगामी बजेट दोस्रो चरणको सुधारको गन्तव्य बन्नुपर्छः सांसद विनाेद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले पुँजीबजारलाई हेर्ने सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध आएको बताएका छन् । मंगलबार प्रतिनिधि सभा चलिरहेको विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद चौधरीले यस्तो धारणा राखेका हुन् । उनले सरकारले पुँजीबजारलाई हेर्ने दृष्टिकोण स्पष्ट नहुँदा पुँजीबजार लगानीकर्ताको ठूलो पुँजी गुमेको बताए । उनले खुला अर्थ व्यवस्थामा सर्वसाधरणहरुसँग छरिएर बसेको सानो रकम जम्मा परेर ठूलो पुँजी निर्माण गर्ने र ठूला व्यवसायी कम्पनीहरुको नाफा जनतामा वितरण गर्ने प्रमुख माध्यम पुँजीबजार भएको बताए ।
उनले पुँजीबजारलाई प्राप्त उपयोग गर्नसक्ने हो भने जनतासँग भएको सानो पुँजी एकीकृत गरी ठूला परियोजना बनाउन सकिने बताए । उनले पुँजीको प्राप्त विकल्पमा अन्टरनेट स्रोत फण्डको स्थापना गर्नु महत्वपूर्ण चुनौती रहेको बताए । उनले सरकारको बजेटको संरचनागत परिवर्तनका लागि कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतिलाई तीव्र बनाउन नसकिने बताए । सांसद चौधरीले आर्थिक मन्दीका कारण राजश्व संकलन चुनौती बनेको बताए । उनले वैशाख २५ सम्ममा बजेटको लक्ष्यको तुलनामा ५२ प्रतिशत मात्र संकलन भएको भन्दै जीडिपीमा राजश्वको अनुपात २० प्रतिशत पुगेको बताए । सांसद चौधरीले जीडीपीको तुलनामा सबैभन्दा उच्च अनुपातमा राजश्व उठाउने नेपालको संकलन एवं चुहावट पनि त्यत्तिकै गम्भीर रहेको बताए । उनले कर प्रणालीलाई प्राविधिक रुपमा आधुनिक, टेक्नोलोजीमा आधारित बनाउनसके राजश्व संकलन बढ्ने मात्रै नभर्इ चुहावट रोक्न सकिने बताए ।
उनले भने, ‘आर्थिक मन्दिका कारण राजश्व संकलन चुनौति बनेको छ । वैशाख २५ गतेसम्ममा बजेटको लक्ष्यको तुलनामा ५२ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । नेपालको जिडिपीमा राजश्वको अनुपात २० प्रतिशत पुगेको छ । भारतमा यसको अनुपात १२ प्रतिशत र बंगलादेशमा ७ प्रतिशत मात्रै रहेको छ । तर नेपालमा राजश्व उठाउने संकलनमा चुहावट पनि गम्भिर रहेको छ । कर प्रणालीलाई प्राविधिक रुपमा आधुनिक,टेक्नोलोजीमा आधारित बनाई स्पष्ट घोषित आधारभूत सिद्धान्त,अन्तर्राष्ट्रिय मान्यता अनुरुप नीतिहरु सक्षम बनाउन सकियो भने राजश्व संकलन बढाउने मात्रै नभएर चुहावट रोक्न सकिन्छ । खुला अर्थ व्यवस्थामा सर्वसाधरणहरुसँग छरिएर बसेको सानो रकम जम्मा परेर ठूलो पुँजी निर्माण गर्ने ठूला व्यवसायी कम्पनीहरुको नाफा जनतामा वितरण गर्ने पुँजीबजार हो । पुँजीबजारलाई प्राप्त उपयोग गर्नसक्ने हो भने जनतासँग भएको सानो पुँजी एकिकृत गरी ठूला परियोजना बनाउन सकिन्छ । तर राज्यसँग पुँजीबजारलाई हेर्ने स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध भएको छ । बजारले ठूलो पूजी गुमाएको छ । पुँजी ठप्प छ । पुँजीमा प्राप्त विकल्पमा अन्टरनेट स्रोत फण्डको स्थापना गर्नु अहिलेको अत्यन्तै महत्वपूर्ण चुनौति हो । सरकारको बजेटको संरचनागत परिवर्तनका लागि कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतिलाई तिब्र बनाउन गाह्रो देखिन्छ ।’
सांसद चौधरीले आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको सुधारको गन्तव्य बन्नुपर्ने बताए । उनले २०४८ पछि आर्थिक उदारीकरण नीतिको प्रतिफल दूरसञ्चार, बैंक वित्तीय संस्था हस्पिटालिटी, यतायात तथा हवाइ उड्डयन, सूचना प्रविधि, शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताए । उनले २०४८ पछिको नीतिले नयाँ क्षेत्रहरु विकास भएको भएपनि त्यसपछि दोस्रो चरणको सुधार अघि बढाउन नसकिएको दाबी गरे । उनले २०४८ पछि आर्थिक उदारीकरण नीतिले कूल गार्हस्थ्य उत्पादनको झण्डै ३५ प्रतिशत हिस्सा ओगट्ने नयाँ क्षेत्रहरु विकास भएको बताए । उनले विश्व अर्थतन्त्रको दिशा यसबीचमा यू टर्न भएको बताए । सांसद चौधरीले सूचना प्रविधिमा आधारित व्यवसायहरु अर्थतन्त्रको अघिल्लो पंक्तिमा अभिएको उल्लेख गरे ।
उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट दोस्रो चरणको आर्थिक सुधार दोस्रो पुस्ताको सुधारको गन्तव्य बन्न सक्नुपर्छ । २०४८ सालपछि आर्थिक उदारीकरण मार्फत शुरु गरिएको सुधारले आज मुलुकको निजी क्षेत्रको संस्थागत विकास हुन सकेको हो । सोही नीतिको प्रतिफल स्वरुप आज मुलुकमा दूर सञ्चार बैंक वित्तीय क्षेत्र,होटल,यातायात तथा हवाई उडान,सूचना प्रविधि,शिक्षा र स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको थियो । यो नीतिले कुलगार्हस्थ्य उत्पादनको ३५ प्रतिशत हिंसा नयाँ क्षेत्रहरु विकास भएका थिए । हामीले दोस्रो चरणको सुधारलाई अगाडि बढाउन सकेन । विश्व अर्थतन्त्रको देश नै यो अवधिमा यू टर्न भएको छ । सूचना प्रविधिमा आधिरित व्यवसायहरु अर्थतन्त्रको अघिल्लो पङ्तिमा उभिएका छन् । आजको दुनियाँ डिजिटलको कारणले प्रारम्भ भएका स्टार्टअप कथाहरुका छन् । गुगल र फेसबुक जस्ता कम्पनीहरु यही रेबुलेसुनका नतिजा हुन् । डिजिटल रुपान्तरणले कुनै भौगोलिक सीमा चिन्दैन ।’
उनले वर्तमान दुनियाँ डिजिटल वल्र्डका कारणले नव प्रवर्तनमा अघि बढेको भन्दै फेसबुक, ह्वाट्सअप जस्ता कम्पनी यही क्रान्तिका कारण अग्रणी स्थानमा आएको बताए । उनले डिजिटल रुपान्तरणले कुनै भौगोलिक सीमालाई नचिन्ने बताए ।