रवि लामिछानेको चेतावनी– खबरदार, अनुसन्धान फितलो गराए हेरेर बस्दैनौँ !
मकालु खबर
२०८० वैशाख २७ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति एवं सांसद रवि लामिछनेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो गराइयो भने हेरेर नबस्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘खबरदार, अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानको ूजगजाहेर तान्डवूलाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन ।’
उनले यो आँधीलाई ख्याल ख्यालको सम्झिने भुल नगर्न पनि चेतावनी दिएका छन् । एउटै फाइलले प्रधानमन्त्रीलाई सकस पारेको पनि उनले बताएका छन् ।
मकालु खबर
२०८० वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित