गृह सचिवमा दिनेश भट्टराईलाई ल्याइयो, सिंह पुगे प्रधानमन्त्री कार्यालय

काठमाडौँ । सरकारले गृह मन्त्रालयको सचिवमा दिनेश भट्टराईलाई ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्दै आएका सचिव भट्टराईलाई गृहमा ल्याइएको हो ।

मंगलबारको मन्त्रिपरिषद् बैठकको निर्याय अनुसार यसअघि गृहमन्त्रालयमा कार्यरत सचिव विनोद प्रकाश सिंहलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाउने निर्णय गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ नेता र कर्मचारी नै पक्राउ परिरहेका बेला गृहसचिवको हेरफेर गरिनुलाई अर्थपूर्ण मानिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *