भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त : विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोदकुमार चौधरीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारका कारण आम नागरिकहरु पीडित बनेको बताए ।

उनले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताए । उनले भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको बताए । उनले भ्रष्टाचारका प्रक्रियालाई पारदर्शी बनाइनुपर्ने बताए ।

‘मुलुकमा भ्रष्टाचार व्याप्त छ,’ उनले भने, ‘आम मानिसहरु यसबाट साह्रै पीडित छन्, भ्रष्टाचारको कारण मुलुकको अर्थतन्त्र अस्तव्यस्त छ । भ्रष्टाचार नियन्त्रण गर्नु अहिलेको लागि महत्वपूर्ण छ । कुनै कम्परमाइज गर्नु हुँदैन ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई टुंगोमा नपु¥याए र अपराधी भनिएकाहरुलाई पक्राउ गरी कारबाही नगरे बिरोधमा उत्रिने बताए । उनले सरकारले देखाएको पहलकदमी सह्रानिय रहेको उल्लेख गर्दै राजनीतिक दाउपेचमा नेता बचाउने प्रयास भए सह्य नहुने बताए ।

सांसद पराजुलीले आफ्नो पार्टीले भ्रष्टाचारको बिरुद्धमा सधैँ आवाज उठाइरहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *