संघमा १५ र प्रदेशमा ७ मन्त्रालय मात्रै राखौँ : पृथ्वी सुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिदैँ सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताए । त्यसैगरी प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनले बताए । उनले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतिका लागि मन्त्रालय संख्या घटाउन आवश्यक रहेको बताए । त्यस्तै संघीय सरकार अन्तर्गतको विभागहरु घटाएर १५ विभाग कायम गर्नुपर्ने र जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने उनले बताए ।

‘संघमा २५ वटा मन्त्रालय बनाउँदै छौँ,’ उनले भने, ‘संघीय शासनमा मुलुक गइसकेपछि प्रशासन सुधार, सुझाव आयोगले दिएको प्रतिवेदनको आधारमा के भन्छ भनेदेखि १२ देखि १५ वटा मन्त्रालय संघमा चाहिन्छ । प्रदेशमा ७ वटा मन्त्रालय चाहिन्छ । अहिले हामी प्रदेशमा १२÷१३ वटा मन्त्रालय चलाउँदै छौँ । ७ मा झारौँ ।’

उनले संघमा पनि १२ देखि १५ मन्त्रालय राख्नुपर्ने उनले बताए ।

‘संघ सरकारअन्र्तगत जति विभाग छन्,’ उनले भने, ‘ती विभागलाई घटाएर हामी १५ वटा विभागमा झारौँ । यति भयो भने धेरै फजुल खर्च घट्छ । संविधान संशोधन गरेर भएपनि यो अनावश्यक बोझ ७७ जिल्लामा बसेको जिल्ला समन्वय समिति भंग गरेर, यसलाई खारेज गरेर १५ सय कर्मचारीको फजुल खर्च हट्छ । १५ सय कार्यालयहरु हट्छ । १५४ वटा गाडीहरुको फजुल खर्च घट्छ । तेल खर्च, कार्यालय खर्च घट्छ । यसो गरेर फजुल खर्चबाट मुक्त गरेर अगाडी बढायो भने जनतालाई एउटा विश्वास हुन्छ ।’

उनले पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायहरुको सम्बन्धमा सरकारले सोच्नुपर्ने बताए । उनले पूर्वाधारहरुको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधिन अवस्थामा रहेका ठुला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *