आफ्ना नेता धमाधम पक्राउ पर्न थालेपछि देउवा, ओली र प्रचण्ड फेरि छलफलमा

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका पूर्व उपप्रधानमन्त्री, पूर्वमन्त्री र नेताहरु पक्राउ पर्न थालेपछि बुधबार पुनः शीर्ष ३ दलका शीर्ष नेता छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपारिषद्को कार्यालयमा सत्ताको प्रमुख घटेक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसबारे छलफलमा जुटेका हुन् ।

बुधबार बिहान मात्रै प्रहरीले उक्त प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै, एमालेका सचिवलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको भए पनि उनी बेपत्ता बनेका छन् ।

यसअघि मंगलबार पनि यी ३ नेताले यही विषयलाई दबाउनेबारे छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *