पक्राउ परेका खाँण र उनका सहयोगीलाई अदालत पेश गरिँदै

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई हिरासतमा राख्ने म्याद लिन प्रहरीले जिल्ला अदालत काठमाडौँमा लाने तयारी गरेको छ ।

त्यसअघि उनलाई तीनकुने स्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिने छ ।

त्यस्तै उनका सहयोगी नरेन्द्र केसीलाई पनि स्वास्थ्य परीक्षणपछि अदालत लगिने बताइएको छ ।

दुवैलाई छुट्टाछुट्टै गाडीमा राखेर अस्पताल र अदालत लगिँदै छ ।

नेता खाँण र सहयोगी केसीलाई खाँणकै निवास चावहिलबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *