गण्डकी प्रदेशका योजना आयोग उपाध्यक्ष देवकाेटाले लिए शपथ
मकालु खबर
२०८० वैशाख २७ गते
पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले सपथ लिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सपथ गराएका हुन् ।
गोरखा पालुङटार ३ का देवकोटालाई पाण्डेको सिफारिसमा मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो । उनले कोरियाबाट विपद व्यवस्थापनमा पिएचडी गरेका छन् । आयोगका अन्य सदस्यहरु भने नियुक्त भएका छैनन् ।
नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकोले सबैभन्दा पहिला उपाध्यक्ष नियुक्त गरिएको हो ।
मकालु खबर
२०८० वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित