दैलेख आगलागीमा घाइते भैरव विकको मृत्यु
दैलेख । जिल्लाको आठबीस नगरपालिका-६ माल्यको वनमा भएको आगलागीमा गम्भीर घाइते भएका एकजनाकाे उपचारका क्रममा मृत्यु भएको छ । आठबीस नगरपालिका-६ राता निवासी भैरव विकको उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
बुधबार दिउँसो भएको आगलागीमा ११ जना घाइते भएकोमा चार जनालाई थप उपचारका लागि नेपालगन्ज र अन्य चार जनालाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको थियो । गृह र रक्षा मन्त्रालयसँग समन्वय गरेर गम्भीर घाइते चार जनालाई थप उपचारका लागि हेलिकप्टर लगिएको छ ।
घाइतेहरू आठबीस-६ सिगासैनका ३५ वर्षीय भीमबहादुर विक, ३४ वर्षीय प्रकाश विक, ३० वर्षीया बसन्धुरा विक र ३२ वर्षीया जुना विकलाई काठमाडौँ पुर्याइएको थियो । यस्तै ५५ वर्षीय भैरव विक, ३२ वर्षीय नैनी कामी, ३३ वर्षीय नविन विक र २९ वर्षीय प्रजा विकको उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा ५५ वर्षीय भैरव विकको मृत्यु भएको अस्पतालले जनाएको छ । अन्यको उपचार भइरहेको छ ।