लडाकु शिविरको भ्रष्टाचार छानविन गर्न अख्तियारले खुट्टा कमायोः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाएको बताएका छन् ।

बिहीबारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान गर्न खुट्टा नकमाउन आग्रह गरे । उनले बहिर्गमित लडाकुहरुलाई पैसा बाँड्ने नाममा फेरि भ्रष्टाचार गर्न लागिएको आरोप लगाए । उनले अर्थतन्त्र संकटमा रहेको बेलामा कार्यकर्तालाई पैसा बाँड्ने काम भ्रष्टाचार बाहेक अरु हुनै नसक्ने दाबी गरे ।

उनले नेकपा (माओवादी केन्द्र) को सरकारले एकलौटी रुपमा निर्णय गरेर बहिर्गमित लडाकुको नाममा भ्रष्टाचार गर्न लागेको बताए । उनले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले छानबिन गर्नुपर्ने बताए ।

यस्तो छ ओलीको सम्बोधन

अब पछिल्लो समयमा त लडाकुलाई बाँड्ने भनिएको छ । घाइते अपांग, के के किस्ता किस्तामा भनिएको छ । अहिलेको सरकार दुई लाख बाँड्ने भनेको छ । अर्थतन्त्र यस्तो छ, कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्था छ । बहिर्गमित लडाकुलाई बाँड्ने भनेर एकलौटि निर्णय गरेको छ । माओवादी केन्द्र जसले सरकारको नेतृत्व गरेको छ । उहाँहरु बलजफ्ती निर्णय गराउने र ५० हजार कार्यकर्तालाई दिने, बाँकी आफैँ लिने कामका लागि शुरु हुँदैछ । क्यान्टनमेण्टका सवालमा त्यस्ता कुराहरु पहिला पनि धेरै भएका छन् । क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझिएको छ । राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो । जो सुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन् । राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ ? यी कुराहरु भएका छन्, आज होइन, पहिलादेखि नै हो । अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ । यस्ता संस्थाहरु राजनीति प्रतिशोधका अस्त्र बनाउने ?’

हाम्रै पार्टीका मानिसको नाम आएको छ । हिजो हाम्रै सरकारमा रहेका साथीहरुको नाम आएको छ । जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारबाही हुन्छ । हामीले जबसम्म मानिस दोषी करार हुँदैन । तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ । तर दोषी नै हो भनेर करार गर्न सकिँदैन । किनभने त्यसको अदालती छानबिनको प्रक्रिया बाँकी हुन्छ । हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ । कता धकेल्ने भन्ने प्रयास भइरहेको छ । पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका बिरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन् ।’

ताजुव त के छ भने अमरेशकुमार सिंहले संसदमा सरकारको बिरुद्धमा बोल्नुभयो । सरकारको बिरुद्धमा बोल्दा धम्की मात्रै गएन अख्तियारमा उजुरी गयो । अमरेशकुमारलाई कारबाही गर्नुपर्छ भनेर । किन अस्तिकै दिन उजुरी किन गयो ? अहिले पनि विपक्षीहरुको मुख थुन्ने, भ्रष्टाचारको बिरुद्धमा कोही बोले मुख थुन्ने काम भयो, यो धम्की हो, मुख थुन्ने प्रयास हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *