भ्रष्टाचारविरूद्ध सुर्खेतमा राप्रपाको प्रर्दशन, प्रजिअलाई ज्ञापनपत्र
सुर्खेत । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार बिरुद्द निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्दै राप्रपा सुर्खेतले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएको छ । वीरेन्दनगर सुर्खेतमा भ्रष्टचार विरुद्ध प्रर्दशन पछि प्रमुख जिल्ल अधिकारी नारायण प्रसाद सापकोटा मार्फत सरकारलाई राप्रपा सुर्खेतले ज्ञापन पत्र बुझाएको हो ।
राप्रपा पार्टी कार्यालय अगाडी भेला भएर भष्ट्राचार विरूद्ध को नाराजुलुस प्रदर्शन गर्दै कुनैपनि हालतमा दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै राप्रपाले भष्ट्राचारी होशियार, कालोबजारी होशियार, गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन, संघीयता खारेज गर, लगायत नारा सहित शान्तिपूर्ण प्रदर्शन गरेको थियो।
कार्यक्रममा राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी, जिल्ला अध्यक्ष कबिराम पुरी, केन्द्रीय सदस्य जनक सिंह लगायतका नेताहरुको सहभागिता थियो ।