मदन राईविरुद्ध बानेश्वर प्रहरी बृत्तमा पर्यो यौन दुव्र्यवहारको जाहेरी, खोटाङ पठाइयो

कृषि विज्ञका रुपमा परिचित मदन राईविरुद्ध यौन दुव्र्यवहारको आरोपमा जाहेरी परेको छ। खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक मदन राईले आफूमाथि धेरैपटक यौन दुव्र्यवहार गरेको भन्दै एक किशोरीले काठमाडौंको नयाँ बानेश्वर बृत्तमा जाहेरी दिएकी हुन्।

बानेश्वर बृत्तले जाहेरी शुक्रबार नै जिल्ला प्रहरी कार्यालय खोटाङमा पठाइसकेको छ। जाहेरी दिने किशोरी ७ वर्षदेखि फाउण्डेसनमा बस्दै आएकी थिइन्।

फाउन्डेसनमा बस्दा मदन राईले ती किशोरीमाथी पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गरेको आरोप छ।

१६ वर्षीया किशोरीले अविभावकसाथ पुगेर जाहेरी दिएकी हुन्। घटना सार्वजनिक भए लगतै प्रहरीले शुक्रबार दिउँसो ७५ वर्षीय राईलाई पक्राउ गरिसकेको छ।

उनी जिल्ला प्रहरी कार्यालय दिक्तेलको हिरासतमा छन्। आइतबार अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडी बढाउने प्रहरीले जनाएको छ। अन्य किशोरीले पनि राईले दुव्र्यवहार गरेको बताएका छन्। जाहेरी भने दिइसकेका छैनन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *