यसपाली सरकारको नीति तथा कार्यक्रम संसदमा प्रधानमन्त्रीले वाचन गर्ने
काठमाडौँ । सरकारले संसदमा पेश गर्ने नयाँ आर्थिक वार्षको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गरेर सुनाउने प्रचलन रहीआएकोमा यसपटक त्यसमा परिवर्तन हुने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८० ८१ का लागि ल्याउने नीति तथा कार्यक्रमलाई संसदमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाचन गरेर सुनाउने कार्यक्रम निर्णय भएको छ ।
आइतबार बिहान बालुवाटारमा बसेको शीर्ष ३ दलका नेताको बैठकले यस्तो निर्णय गरेको हो । खास गरी राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा पूर्णरुपमा सुधार आइनसकेकोले प्रधानमन्त्रीले नयाँ आर्थिक वर्षको नीति कार्यक्रम वाचन गर्ने तय भएको बताइएको छ ।
तर, सुरुमा संक्षिप्त रुपमा सरकारको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गरेर सुधानउने छन् । तयसपछि बाँकी सबै प्रधानमन्त्रीले बाचन गर्ने छन् । ३ जेठमा सरकारले संसदमा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने छ । १५ जेठभित्र संसदमा नयाँ आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।