यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका राईलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । बालिका तथा किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका कृषि विज्ञसमेत रहेका खोटाङका मदन राईलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

२९ गते शुक्रबार राईलाई खोटाङमा उनैले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेशनको स्कुल परिसरबाट पक्राउ गरेको थियो । शनिबार बिदा परेका कारण प्रहरीले उनलाई आइतबार खोटाङ जिल्ला अदालतमा उपस्थित गराएर अनुसाधानका लागि ७ दिनको लिएको हो ।

उनले आफैँले सञ्चालन गरिरहेको फाउन्डेशनमा अध्ययनरत बालबालिका र किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *