विराटनगरमा मोटरसाइकल चोरी नियन्त्रण अभियान, पाँच जना पक्राउ

विराटनगर । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जना पक्राउ गरेको छ । विभिन्न मिति र समयमा मोरङका  विभिन्न स्थानमा मोटरसाइकल चोरीमा संलग्न रहेको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले को ३० प ७६९२ नम्बरको आर१५, को २५ प १३२६ नम्बरको पल्सर, को ३७ प १३२३ नम्बरको ग्ल्यामर मोटरसाइकल चोरीमा संलग्न रहेको व्यक्तिलाई पक्राउ गरेकोको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका वडा नं.६ बस्ने वर्ष १९ को प्रकाश सरदार, धनपालथान गाउँपालिका वडा नं.५ बस्ने वर्ष २० को दीपेश कुमार सरदार, धनपालथान गाउँपालिका ६ बस्ने वर्ष २१ को विजय सहनी, वर्ष २५ को जितेन कुमार राय र विराटनगर महानगरपालिका ८ बस्ने वर्ष २० को रोहित चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका  डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ । विराटनगरमा मोटरसाइकल चोरीको घटनामा संलग्न रहेकाहरूको खोजीलाई प्रहरीले तीव्र बनाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *