सबै राजनीतिक दल नीतिगत भ्रष्टाचारमा लिप्त छन् : अमरेशकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा सम्पूर्ण पार्टी नीतिगत भ्रष्टाचारमा लिप्त रहेको बताका छन् । आइतबार काठमाडौँमा टंकप्रसाद आचार्य प्रतिष्ठानले आयोजना गरेको नक्कली शरणार्थीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
सांसद सिंहले नेपालमा भ्रष्टाचार विभिन्न रुपमा हुने गरेको बताए । उनले १ हजार नेपालीकाे पैसा दुबईमा क्यापिटल फ्लाइटमार्फत गएको बताए । उनले सयभन्दा बढी मानिसको गोल्डेन भिसासमेत रहेको दाबी गरे ।
उनले दुबईमा जाने पैसा राजनीतिज्ञ, उच्च तहका कर्मचारी र उद्योगीहरुको पैसा रहेको बताए । उनले ब्रोकरहरुलाई समातेर कारबाही गरे सबैको तथ्य बाहिर आउने बताए ।
चालु आर्थिक वर्षको बजेट विचौलियाले बनाएर अर्थमन्त्रीले वाचन गरेको भन्दै संसदीय छानविन समितिले सो काण्ड सामसुम बनाएको बताए । सोही कारण नेता लक्ष्मणलाल कर्णको निर्वाचनमा जमानात जफत भएको उल्लेख गरे ।