नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका सबैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नुपर्छ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् अर्थविद् डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरु सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित नक्कली भुटानी शरणार्थीसम्बन्धि बहस कार्यक्रममा बोल्दै उनले सो प्रकरणमा मुछिएका सबैलाई प्रहरीको अनुसन्धानको दायरामा ल्याउन ध्यान दिनुपर्ने बताएका हुन् ।

अपराध करार गर्ने भन्दा पनि ती पात्रलाई सोधखोजका लागि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । सांसद वाग्लेले सो प्रकरण संगठित अपराध भएकाले अब नेपाल प्रहरीले अनुसन्धान गर्ने क्रम ७ दिन बाँकी रहेकाले त्यसमा सबैले सहयोग गर्नुपर्ने आवश्यक्ता औँल्याए । उनले आफ्नो पार्टीको जोड पनि त्यतै रहेको स्पष्ट पारे । सांसद वाग्लेले सो प्रकरणमा अमेरिकी विदेश मन्त्रालय, संयुक्त राष्ट्रसंघीय निकाय र नेपालस्थित अमेरिकी दुतावासको चासो रहनु स्वभाविकै हुने पनि बताए । सांसद वाग्लेले यो प्रकरणलाई ठगी, कीर्ते, मानव तस्करी, अन्तराष्ट्रिय संगठित अपराध र राजद्रोहमा तहको रुपमा लिनुपर्ने बताए ।

‘अब युएनसिएचआरको संलग्नता हुन्छ नै संयुक्त राष्ट्र संघको मातहत भएको हुनाले पनि,’ उनले भने, ‘अमेरिकामा १ लाख १० हजार भुटानी शरणार्थी भएको हुनाले त्यहाँ पुनर्वासका लागि गएको हुनाले त्यहाँको विदेशमन्त्री, यहाँको स्थानीय राजदुतको चासो चाँही रहला नै । अहिलेलाई मेरो बुझाईमा चाँही विशुद्ध नेपाल प्रहरीको ६० दिने अनुसन्धानको क्रममा छ । त्यो अनुसन्धान ¥यापअप हुन अब ७÷८ दिन बाँकी छ । अहिलेको हामी सबैले ध्यान दिनुपर्ने विषय चाँही यो नाम आएकाहरु, पोलिएकाहरुलाई कम्तिमा सोधखोजका लागि चाँही ल्याउनु प¥यो । अहिले नै अपराधी करार गर्ने होइन । तर नाम आईसकेपछि कम्तीमा पनि त्यो सोधखोजका लागि पनि ती नाम आएका पात्रहरु लिएर आउनु पर्छ । र, हाम्रो बल पनि त्यतैतिर हुनुपर्छ भन्ने लाग्छ ।’

सांसद वाग्लेले भ्रष्टाचारको स्वरुप बदलिएर पैसाबाट सेयर हुँदै अहिले सुन र हिरामा परिणत भएको स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *